जनआन्दोलन–२ मा बागलुङ : एक झलक

रामबहादुर जि.सी.
२०६१ माघ १९ गते निरंकुश राजतन्त्रले नेपाली जनतालाई निरंकुशताको छहारीमा राख्ने र एकछत्र पारिवारिक शासन लाद्ने दुस्प्रयास गरेपछि नेपाली जनताले निरंकुशतन्त्रबाट छुटकारा पाउनका लागि देशमा रहेका सम्पूर्ण जनपक्षिय शक्तिको एकताको चाहना गरिरहेका थिए । हुन त जनता जागेको समयमा यो देशको निरंकुश राजतन्त्रले जनताका अगाडि घुडा टेक्ने र एक कदम पछाडि हट्ने तथा जनता शान्त रहेको समयमा दमन गर्ने गरेको इतिहास धेरै पटक दोहोरिएको छ । फेरी पनि नेपाली स्वाभिमानी जनताले यो देशको शाही शासनलाई खत्तम गर्नका लागि सवै क्षेत्रले साथ दिने किसिमको आन्दोलनको माग गरिरहेका थिए । हतियारवद्ध आन्दोलनमा लागेको माओवादी र नेकपा एमाले बीच रोल्पामा २०६२ कार्तिक ९ गते भएको ६ बुंदे सहमतीपछि नेपालका सबै राजनैतिक दलहरु र माओवादी एकसाथ निरंकुशतन्त्रको विरोधमा एक ठाँउ जुट्ने अवसर मिलेको हो ।

लामो छलफल र वार्ता पछि २०६२ मंसिर ७ गते निरंकुश राजतन्त्रका विरुद्ध आन्दोलनमा रहेका संसदवादी सात पार्टी र जनयुद्ध गरिरहेको नेकपा माओवादी बीच १२ बुंदे समहती भयो । १२ बुंदे सहमती नै नेपाली राजनीतिक क्षेत्रको एउटा आशाको किरण बन्यो र त्यो किरण नै पछि गएर विश्वलाई चकित पार्दै १९ दिने जनआन्दोलनका रुपमा स्थापित भयो । सबै नेपाली जनता जो शान्ति र लोकतन्त्रमा विश्वास गर्छन्, जो यो देशलाई विश्वमा एउटा उदाउदो किरणका रुपमा देख्न चाहन्छन् ती सबैको सहभागिता रहेको जनआन्दोलन–२ नेपाली इतिहासमा एउटा छुट्टै प्रकारले स्मरण भईरहने छ । यो यसर्थ पनि रहनेछ की देशमा १० वर्ष देखि हतियार सहितको युद्ध लडिरहेको नेकपा माओवादी र निरन्तररुपमा शान्तिपूर्ण तरिकाले आन्दोलनमा लागेका संसदवादी दलका बीच एकता भएको र दुवै पक्षको समान सहभागितामा जनआन्दोलन भई सफलता समेत हात परिसकेको छ । देशमा निरंकुशतन्त्रले आफ्ना नंग्रा फिजाउदै गएर जनतालाई दासको रुपमा दमन गरेर शासन गर्न थालेपछि जनता कसरी विस्फोट हुँदा रहेछन भन्ने कुराको गतिलो उदाहरण २०६२ चैत्र २४ देखि २०६३ बैशाख ११ गते सम्म अधिराज्यव्यापी रुपमा संचालन भएको जनआन्दोलन–२ प्रष्ट रुपमा प्रमाण बनेको छ । १२ बर्षको प्रजातन्त्र र १० वर्षे माओवादी युद्धले नेपाली जनतालाई कति सचेत बनाएको रहेछ भन्ने पनि जनआन्दोलन–२ ले देखाएको छ । माओवादीले चैतको पहिलो हप्ताबाट गर्ने आमहड्ताल फिर्ता लिएपछि सात राजनैतिक दलको आव्हानमा चैत्र २४ देखि २७ सम्म अधिराज्यव्यापी आमहड्ताल आव्हान भएको थियो । आम हड्तालमा बढी भन्दा बढी जनतालाई सहभागी गराउने क्रममा बागलुङमा पनि विभिन्न किसिमका कार्यक्रमहरु भैरहेका थिए भने विज्ञप्ती प्रकाशित गरी आन्दोलनप्रति ऐक्यवद्धता जनाउने कार्य पनि अगाडि बढीरहेको थियो ।

बागलुङमा क्रियाशील राजनैतिक दलहरुले २०६२ चैत्र २४ र २५ गते दुई दिनको आन्दोलन धौलागिरीको ऐतिहासिक पर्व चैते दशै परेको भन्दै स्थगित गरेका थिए । दुई दिनको आन्दोलन स्थगित पछि २६ चैत्रबाट बागलुङमा जनताको भेल उर्लियो । बालकदेखि बृद्ध सम्म सवैले लोकतन्त्रको नारालाई गायत्री मन्त्र झै गरी जपे । सवैले एउटै शव्द ओकले वन्द हड्तालको परवाह छैन देशले निकास पाउनु पर्छ । आन्दोलनले विश्वका थुप्रै तानाशाहहरुलाई तह लगाएको छ । नेपालको इतिहासमा एउटा छुट्टै किसिमले देख्ने र सुन्ने उद्घोषका साथ सडकमा ओर्लेका राजा ज्ञानेन्द्रको निरंकुश पारिवारिक शासनलाई समाप्त पारी जनतालाई देशको मालिक बनाउन आन्दोलन शुरु भएको थियो ।

जनताले आन्दोलनलाई उठाए । माओवादीसंगको सात दलको सहमती अनुसारको एजेण्डा बमोजिमको संसद पुनस्र्थापना पनि भयो । तर नेपाली जनता संसद पुनस्र्थापनाबाट मात्र सन्तुष्ट हुने कुरा थिएन जसका कारण यो देशमा २ सय ३७ वर्षदेखि राज्य संचालनको केन्द्रविन्दुमा रहेको राजतन्त्रलाई पुनस्र्थापित संसदबाट मात्र होइन हरेक तहबाट लगाम लगाउनु पर्नेमा दृढ थिए । जनताले देशमा दिर्घकालिन शान्ति र विकास चाहेका छन् त्यसका लागि के गर्नु पर्छ त्यतापट्टि राजनैतिक दलहरुले गंभिर भएर कदम चाल्नु पर्दछ । जनतालाई रैति बनाउन खोज्ने शक्तिका विरुद्ध जनता कसरी जाइलाग्छन् भन्ने कुरा पनि जनआन्दोलनबाट निरंकुशता लाद्ने राजाले मात्र होइन दल, लाद्न चाहने अन्य सबै शक्ति र व्यक्तिहरुले पनि बुझेको हुनुपर्छ ।

पटक पटक देशका जनतालाई रैति बनाउने यो देशको राजतन्त्रप्रति नेपाली जनता सदैव शंसकित छन् र राजतन्त्रलाई सदाका लागि समाप्त पारेर देशमा जनताको छोरालाई राष्ट्र प्रमुख बनाउने र जनताको शासन संचालन गर्ने भन्ने जनआन्दोलनका सहभागी जनताको भावना हो । आन्दोलनको बलमा संसद पुर्नस्थापना भएपछि पनि अधिराज्यभरबाट जनताले नेताहरुलाई खवरदारी गरिरहेका थिए । ‘खवरदार नेताहरु जनताको भावना विपरित अगाडि बढ्यौ भने हाम्रो शक्ति तिमीमा पनि खनिन बेर लाउने छैन ।’

माओवादीसंग २०६२ मंसिरमा भएको १२ बुंदे समझदारी पछि सातदलको आग्रह र अनुरोधमा सम्पूर्ण पेशा व्यवसायी संघ संस्था लगायत आम जनताले देखाएको आन्दोलनप्रतिको सहयोग र समर्थनलाई यो देशका जिम्मेवार सबै राजनैतिक दलले गंभिर रुपमा मनन गर्ने छन् र जनताको भावना अनुरुपको शासन व्यवस्था स्थापना गर्ने दिशामा लाग्ने छन भन्ने कुरामा आशा गर्नै पर्ने हुन्छ ।

यसरी जनता जागेको यस आन्दोलनका क्रममा बागलुङका जनताले पनि ऐतिहासिक भूमिका निर्वाह गरेका छन् । मैले यहा“ बागलुङमा भएको आन्दोलनको एक झलक प्रस्तुत गर्न गैरहेको छु । जनआन्दोलन–२ मा बागलुङमा भएका मुख्य मुख्य घटनाहरुलाई पाठक बृन्दका सामु पस्कने प्रयत्न गरेको छु । बागलुङका तमाम जनताले लोकतन्त्र प्राप्तिको क्षेत्रमा देखाएको उत्साह र उमंग सह्रानिय रहेको छ । इतिहासमा बागलुङका जनताले गरेको त्याग स्मरणीय रहने छ । देशभरी भएका आन्दोलनका तुलनामा बागलुङका जनताको योगदान कुनैपनि मानेमा कमि छैन् ।

अधिराज्यव्यापी रुपमा आयोजित आम हड्तालको दिन नजिकिदै जादा“ आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै विभिन्न संघ संस्थाहरुले आन्दोलन गर्ने तथा विज्ञप्ती मार्फत ऐक्यवद्धता जनाउने प्रतिवद्धता व्यक्त गरिरहेका थिए । यसै सन्दर्भमा नेकपा एमालेले जिल्लाको पश्चिम क्षेत्र खुङ्गा गाविसमा चैत्र २० गते एक कार्यक्रमको आयोजना गरी सम्पूर्ण जनतालाई निरंकुशतन्त्रको विरोधमा उत्रन आव्हान ग¥यो । एमाले धौलागिरी अंचल समन्वय समितिका सदस्य तथा जिल्ला विकास समिति बागलुङका पूर्व उप–सभापति मोहनलाल शर्मा र एमाले जिल्ला सचिव इन्द्रलाल सापकोटाले ठुलो प्रयास पछि सात दल र माओवादी बीच सहमति हुन सफल भएको जानकारी गराउदै १२ बुंदे सहमतिलाई अझै कसिलो बनाउदै निरंकुशताका विरुद्ध जाइलाग्न आव्हान गर्नु भएको थियो ।

संयुक्त जनआन्दोलन समिति बागलुङले २०६२ चैत्र २१ गते एक अन्र्तक्रिया कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा बोल्दै जनमोर्चा नेपालका केन्द्रीय सदस्य लिलाबहादुर थापा मगरले १० वर्षदेखि हतियारवन्द आन्दोलनमा क्रियाशील माओवादीलाई जनताको पक्षमा ल्याउन प्रयासरत सात दलको वर्तमान मोर्चा ऐतिहासिक मोर्चाको रुपमा स्थापित भएको बताउनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसको लोकजागरण अभियानका केन्द्रीय प्रतिनिधि इन्द्रबहादुर श्रेष्ठले डा“का र भिखारी प्रवृतीको अन्त्य बिना देशमा लोकतन्त्र स्थापना हुन नसक्ने बताउनु भएको थियो । अन्र्तक्रिया कार्यक्रममा नेकपा एमालेका जिल्ला उप–सचिव जनक पौडेलले देशको वर्तमान असहज परिस्थितिको निकास संविधान सभा बाहेक अर्को हुनै नसक्ने धारणा व्यक्त गर्नु भएको थियो । राजासंगको सम्झौता, सर्वदलिय सरकार गठनले मात्र निकास संभव नभएकोले सवैले अवको साझा नारा संविधान सभालाई बनाउनु पर्नेमा उहा“को जोड थियो ।

दलहरुले विगतका गल्ती कमजोरीप्रति आत्मालोचना गरिसकेकाले त्यता पट्टि भन्दा पनि आन्दोलनले उचाई कसरी प्राप्त गर्छ भन्ने तर्फ सोच्न उहा“ले सबैलाई आग्रह गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस प्रजातान्त्रिकका पद्मसिंह विश्वकर्मा, नेपाल बार एशोसियसनका केन्द्रीय पार्षद पद्मनाथ शर्मा, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सहदेव राजभण्डारी, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युगेश्वर वझा, धौलागिरी जिप व्यवसायी समितिका अध्यक्ष पवन राजभण्डारी, गैर सरकारी संस्था महासंघका अध्यक्ष चण्डीप्रसाद शर्मा, प्राध्यापक मनबहादुर खत्री, महेन्द्र बहुमुखी क्याम्पस स्ववियू सभापति कमलबहादुर अधिकारी, नेपाल पत्रकार महासंघ धौलागिरी शाखाका सदस्य तथा ढोरपाटन दैनिकका कार्यकारी संपादक रामबहादुर जि.सी, एमालेका कार्यालय सचिव कृष्ण पाठक लगायतले लोकतन्त्रको आन्दोलन सफल पार्न राजनैतिक दलहरुलाई शसक्त नेतृत्व गर्न आव्हान गर्दै निर्णायक आन्दोलनमा आ–आफ्ना संघ संस्थाबाट सक्रिय सहभागिता रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

अन्र्तक्रियामा नेपाली कांग्रेस बागलुङका कोषाध्यक्ष रत्ना शेरचन, सदस्य कृष्णप्रसाद न्यूरे, नेविसंघका जिल्ला सचिव हरिहर शर्मा, भीमापोखरा युवा क्लवका मणिभद्र शर्मा, उदित थापाले आन्दोलनका बारेमा टिप्पणी गर्नु भएको थियो । नेपाली कांग्रेसका सभापति हरिप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन जनमोर्चा नेपालका जिल्ला अध्यक्ष कृष्ण थापाले गर्नु भएको थियो । आन्दोलनरत दल सम्बद्ध विद्यार्थी संगठनहरु अखिल एकीकृतका जिल्ला सचिव भिमसेन वन, नेविसंघका जिल्ला सदस्य हरिहर शर्मा, नेविसंघ प्रजातान्त्रिकका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद सुवेदी, अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष लालबहादुर थापाले विज्ञप्ती प्रकाशित गरी चैत्र २४ देखि २७ सम्म अधिराज्यव्यापी रुपमा संचालन हुने आमहड्तालमा ऐक्यवद्धता जनाउदै आम जनसमुदायलाई सक्रिय सहभागिताका लागि आव्हान गर्नु भएको थियो । सो अवसरमा विभिन्न पेशा व्यवसायीहरुले सातदलद्वारा आयोजित चैत २४ देखि २७ गते सम्मको आमहड्तालको अवसरमा धौलागिरी अंचलकै महत्वपूर्ण सांस्कृतिक पर्व चैते दशै परेकाले दुई दिन हड्ताल फिर्ता लिन दलको स्थानीय नेतृत्व समक्ष आग्रह गरेका थिए ।

प्राज्ञिक स्वतन्त्रता र लोकतन्त्रको माग गर्दै प्राध्यापकहरुको केन्द्रीय कार्यक्रम अनुसार प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समिति बागलुङले चैत्र २२ गते बागलुङमा बिहान ६ बजे देखि दिनको २ बजेसम्म कलम बन्द र दिनको २ बजेदेखि ३ बजे सम्म क्याम्पस प्रशासन घेराउ कार्यक्रम सम्पन्न गरेको थियो । चैत्र २३ गते नेपाल शिक्षक यूनियन, नेपाल प्राध्यापक संघ, पुनरावेदन अदालत वार इकाई, नेपाल पत्रकार महासंघ धौलागिरी शाखा, बागलुङ उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ जिल्ला शाखा, नेपाल ट्रेड यूनियन, त्रि.वि. कर्मचारी संघ महेन्द्र बहुमुखी क्याम्पस, नेपाल संस्कृती तथा कलाकर्मी संघ लगायतका संघ संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती प्रकाशित गरी आन्दोलनमा ऐक्यवद्धता जनाउनुका साथै सबै पक्षलाई लोकतान्त्रिक अँन्दोलनमा सहभागी हुन आव्हान गरेका थिए ।

बागलुङमा क्रियाशील दलहरुले बागलुङ उद्योग बाणिज्य संघ लगायतका विभिन्न संघ संस्थाहरुको अनुरोधमा २०६२ चैत्र २४ र २५ गतेको आम हड्ताल फिर्ता लिए । नेपाली कांग्रेसका जिल्ला सभापति हरिप्रसाद श्रेष्ठ, नेकपा एमालेका जिल्ला उप–सचिव जनक पौडेल, नेपाली कांग्रेस प्रजातान्त्रिकका पद्मसिंह विश्वकर्मा, जनमोर्चा नेपालका अध्यक्ष कृष्ण थापाले संयुक्त विज्ञप्ती प्रकाशित गरी २ दिनको आमहड्ताल फिर्ता लिएको जानकारी गराउदै २६ र २७ गते हुने कार्यक्रममा व्यापक सहभागिताका लागि अनुरोध गर्नु भएको थियो । फिर्ता लिए पनि दलहरुले २४ गते दिउसो एस्पीचोकमा कोणसभा सम्पन्न गरे ।

नेकपा एमाले, नेपाली कांग्रेस र जनमोर्चा नेपालको कार्यालयबाट छुट्टा छुट्टै रुपमा निस्केको जुलुश २६ र २७ गतेको बन्दलाई सफल पार्न आव्हान गर्दै एसपीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो अवसरमा मन्तव्य राख्दै नेपाली कांग्रेसका सभापति हरिप्रसाद श्रेष्ठ, एमालेका सचिव इन्द्रलाल सापकोटा, जनमोर्चाका अध्यक्ष कृष्ण थापा र प्रजातान्त्रिक कांग्रेसका दिपेन्द्र थापाले निरंकुशतालाई पराजित गर्न आम हड्ताल सफल पार्न आग्रह गर्नु भएको थियो । २४ र २५ गते चैते दशै मेलाको अवसर पारेर फिर्ता लिइएको विषयलाई कमजोरी ठानेर दमन गर्न खोजेमा त्यसको परिणाम नराम्रो हुने चेतावनी समेत उहा“हरुले दिनु भएको थियो । प्रहरीले कोणसभाबाट नेताहरुलाई पक्रने प्रयास गरे पनि कार्यकर्ताहरुको चलाखीका कारण कसैलाई पक्राउ गर्न सकेन । शिवधारा चोकमा नेपाली कांग्रेसका जिल्ला सभापति हरिप्रसाद श्रेष्ठलाई सिभिल ड्रेसका प्रहरीले समाउने प्रयास गरे पनि श्रेष्ठ फुत्कन सफल हुनु भएको थियो ।

शान्तिपूर्ण आन्दोलनका क्रममा नेपाल बार एशोसियसनका केन्द्रीय अध्यक्ष शम्भु थापा लगायतका पेशागत संगठनका नेताहरुलाई गिरङ्खतार गरेको विरोधमा बागलुङमा वकिलहरुले चैत २५ गते दिउसो १ बजेदेखी २ बजेसम्म हातमा कालो पट्टि बा“धेर अदालत परिसरमा विरोध गरेका थिए । कालो पट्टि बा“धेर संचालित विरोध कार्यक्रमको समापनका अवसरमा बोल्ने वक्ताहरुले बार एशोसियसन सदैव निरंकुशताको विरुद्धमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बारका केन्द्रीय पार्षद अधिवक्ता पद्मनाथ शर्माले गैर कानुनी रुपमा हुने सबै खाले ज्यादतीको बारले विरोध गर्ने तथा सात दलले संचालन गरेको शान्ति र प्रजातन्त्रको आन्दोलनमा ऐक्यवद्धता जनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा अधिवक्ता ऋषिराम शर्माले वर्तमान सरकार संवाद र सहमतीबाट शान्ति स्थापना गर्नुको सट्टा दमनका श्रृखला बढाएर निरंकुशता टिकाउने प्रयत्नमा रहेको दावि गर्नु भयो । उहा“ले वर्तमान राष्ट्रिय समस्याको एकमात्र निकास संविधान सभा भएको धारणा व्यक्त गर्नु भएको थियो । २५ गते बागलुङको स्थानीय प्रशासनले जनमोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष परी थापा, नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद गोविन्दप्रसाद शर्मा कंडेल, जनमोर्चाका केन्द्रीय सदस्य लिलाबहादुर थापा, राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष पद्मसिंह विश्वकर्मा, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष कृष्ण थापा, एमालेका कार्यालय सह–इन्चार्ज याम के.सी, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियू उप–सभापति कृष्णप्रसाद सुवेदी, नेविसंघका सह–सचिव हरिहर शर्मालाई पक्राउ ग¥यो । प्रहरीले जनमोर्चाका उपाध्यक्ष परी थापा र दलित आयोगका पूर्व अध्यक्ष विश्वकर्मालाई सडकबाट, पूर्व सांसद कंडेललाई नेपाली कांग्रेसको कार्यालयबाट, जनमोर्चाका केन्द्रिय सदस्य लिलाबहादुर थापालाई घरवाट र अन्यलाई आ–आफ्ना पार्टी कार्यालयबाट पक्राउ गरेको हो । सोही दिन सांझ बागलुङका आन्दोलनकारी दलहरुले विशाल रांके जुलुश प्रदर्शन गरे । रांके जुलुशका क्रममा हल्लनचोकबाट प्रहरीले एमालेका जिल्ला सदस्य खगेन्द्र पौडेललाई पक्राउ गरेको थियो । संयुक्त जिल्ला जनआन्दोलन संयोजन समितिले सोही सांझ विज्ञप्ती प्रकाशित गरी पक्राउ गरिएकोमा विरोध जनाउदै तत्काल रिहा गर्न माग गरेको थियो । क्रमश : …
(साभार जनआन्दोलन–२ धौलागिरी)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *