स्थापना दिवसको अवसरमा वित्तिय साक्षरता


आदर्श सञ्चार, म्याग्दी

बागलुङ नगरपालिका–२ मा केन्द्रीय कार्यालय रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं स्थापना दिवसको अवसर पारेर म्याग्दीको बेनीमा शनिबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले वित्तिय साक्षरतामा सहजीकरण गर्दै पैसा कमाएर मात्रै नभएर जोगाउनु पर्ने पर्नेमा जोड दिनुभएको थियो । उहाँले भन्नुभयो–‘हामीले कमाउने मात्रै कुरा गर्दै आएका छौं तर कमाउने मात्रै नभएर कसरी जोगाउने भन्ने तर्फ भने हामी कति सचेत र चनाखो भएका छौं भन्ने तर्फ पनि सोच्नु पर्छ ।’ उहाँले सिवाइसी र अन्य सहकारीका बिचमा रहेको भिन्नताको बारेमा समेत जानकारी गराउनु भएको थियो । प्रविधिको प्रयोगले सहकारीलाई थप उचाईमा लैजाने भएकोले प्रविधि तर्फ पनि सहकारीका शेयर सदस्यहरुले पाइला बढाउनु पर्ने उहाँको तर्क थियो ।

२०६६ चैत २६ गते बागलुङमा स्थापना भएको सहकारीको बेनी सेवा केन्द्र संयोजक तुलसीनाथ सुवेदीको अध्यक्षता बेनी सेवा केन्द्रमा भएको कार्यक्रमको सञ्चालन जलजला सेवा केन्द्र प्रमुख बद्रीप्रसाद पौडेलले गर्नुभएको थियो । १५ औं स्थापना दिवसको अवसरमा सहकारी शिक्षा अन्तरगत शेयर सदस्यहरुलाई सहकारी, वित्तिय एवम् प्रविधि साक्षरता कार्यक्रमको अयोजना गरिएको र यसको सबैले लाभ लिनु पर्ने अध्यक्ष पौडेलले सहजिकरणको अवसरमा बताउनुभएको थियो ।

सोही कार्यक्रमले आगामी एक वर्षका लागि बेनी सेवा केन्द्रको समिति समेत पुनःगठन गरेको छ । केन्द्र संयोजकमा भीमबहादुर श्रेष्ठ, सहसंयोजक इन्दीरा शर्मा, सचिव माधव आचार्य, कोषाध्यक्ष किशोर कुमार श्रेष्ठ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा मनकुमारी खड्का, केशवराज आचार्य, डेकमायाँ केसी रहनुभएको छ । त्यस्तै परामर्सकर्ताहरुमा तुलसीनाथ सुवेदी, धनञ्जयकुमार श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ र सन्दीपा शर्मा रहनुभएको सिवाईसी बचत तथा ऋण सहकारीका जलजला सेवा केन्द्र प्रमुख बद्रीप्रसाद शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *