नयाँ वर्ष तिमी

सरोजराज पन्त
नवीन सोच, चिन्तन र उर्जाको झोला बोकेर आउ
सकारात्मक सोच, सिप र विचारको सगुन भरेर आउ
चाउरिएका मुहारमा कान्ति र विस्वास लिएर आउ
नयाँ वर्ष तिमी परिवर्तनको बहार बनेर आउ । २

निर्णयसंगै कार्यान्वयनको कसि पनि बोकेर आउ
रिस, राग, द्धन्द्ध बिर्सेर एकताको तेज बोकेर आउ
भोक, रोग र शोकको दलदल चिर्ने चिराग लिएर आउ
नयाँ वर्ष तिमी बिश्वासको सुवास छर्नलाई आउ । २

नमूना गाउँ, दिगो विकासको अग्रणी किरण बनेर आउ
स्वरोजगार, स्वब्यावसाय, आत्मनिर्भरको मन्त्र बोकेर आउ
असम्भवको घेरा तोडन म सक्षम बन्ने जोस लिएर आउ
नयाँ वर्ष तिमी सदस्यको मुहार फेर्ने संकल्प लिएर आउ । २

खुट्टा तान्नेहरुका लागि सद्बुदीको शिक्षा बोकेर आउ
निराशामा हराउनेका लागि आशाको दियो बनेर आउ
कमाउ, वचाउ र रमाउको लक्ष्य हासिल गर्ने गरी आउ
नयाँ वर्ष परिपक्क सोच बोकी चुनौती चिर्ने गरी आउ । २

भित्ताको क्यालेन्डर फेर्नेमात्र होइन जीवन स्तर बदल्न आउ
नयाँ वर्ष अग्रगामी र ऐतिहासिक बन्ने बहार बोकेर आउ
प्रतिस्पधिको नमूना, सबैको धरोहर बन्ने पिलर बनेर आउ
नयाँ वर्ष तिमी दिगो परिवर्तनको उत्साह फैलाउदै आउ । २

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *