बागलुङ चैंते दशैं मेलामा नेपाली सेनाको स्वास्थ्य सेवा केन्द्र संचालन

रोहन जि.सी, बागलुङ

नेपालको एक प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर बागलुङ प्रवेश गर्ने बित्तिकै दर्शन गर्न पाउने मन्दिर हो ।

पराम्परागत रूपले प्रत्येक चैंते दशैंमा महापुजाअर्चना गरिने कालिका भगवती मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।

कालिका भगवती गुठी व्यबस्थापन समितीको आयोजनामा चैत्र ३० देखी शुरू भएको ऐतिहासिक चैत्राष्टमी मेलामा नेपाली सेना अन्तरगत बागलुङ जिल्लाको श्री नं. २३ बाहिनी अड्डाको संयोजकत्वमा श्रीमेहर गण र श्री नं २३ फिल्ड गुल्मको संयोजनमा कालिका मन्दिर दर्शनको लागि आउने दर्शनार्थी तथा मेलामा आउने पर्यटकका लागि लक्षित गरी बैशाख १ गतेबाट स्वास्थ्य सेवा केन्द्र संचालन गरिएको छ ।

श्रीमेहर गणका गणपति प्रमुख सेनानी धन राना मगरले स्वास्थ्य सेवा केन्द्रले मन्दिर दर्शनको लागि आउने तथा मेला अवलोकनकर्तालाई ध्यानमा राखि उहाँहरुको स्वास्थ्यमा समस्या आएमा सामान्य देखि आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नुका साथै जटिल समस्या भएका मन्दिर दर्शनार्थी एवम् मेला अवलोकनकर्ताहरुलाई तत्काल उपचारको लागि अस्पताल लैजान सहयोग पुग्ने बताउनुभयो ।

त्यस्तै कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले मेला अवधिभर नेपाली सेनाको स्वास्थ्य सेवा केन्द्र स्थापना भई भक्तजन र मेला अवलोकनकर्ताको स्वास्थ्यमा विशेष ध्यान दिई बागलुङ जिल्लामा आयोजना भएको ऐतिहासिक चैत्राष्टमी मेलालाई सफल तथा व्यवस्थित बनाउन मद्दत पुगेको बताउनुभयो ।

श्रीमेहर गणका सहसेनानी दुर्गा थापाले कालिका भगवती मन्दिरमा संचालित उक्त स्वास्थ्य सेवा केन्द्र मेला अवधिभर रहने जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *