हाइकर्स युनाईटेड बागलुङको आयोजनामा बास्केटवल प्रतियोगिता शुरु

आदर्श अनलाइन, बागलुङ

नयाँ वर्ष २०८१ तथा चैते दशै २०८० को अवसर पारेर हाइकर्स युनाईटेड बागलुङले अन्तर कलेज स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता आयोजना गरेको छ ।

२ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राम बहादुर जिसीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै जिसीले खेलकूदले युवाहरुलाई शारिरीक, मानसिक रुपमा सक्षम बनाउनुका साथै अनुशासित, योग्य र सिर्जनशिल बन्न प्रेरित गर्ने भएकाले खेलको विकासका लागि सरोकारवालाहरुको ध्यान जानु पर्नेमा जोड दिनु भएको थियो ।

युवा वर्गलाई कुलतबाट जोगाउन, रचनात्मक क्रियाकलापमा संलग्न गराई समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गर्ने नागरिकका रुपमा विकास गर्नका लागि खेलकूदमा युवाहरुको आकर्षण बढाउन तथा खेलकूद क्षेत्रको विकासमा योगदान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

न्यू ओयसिस एकेडेमी बानपा–४ उपल्लाचौरमा सञ्चालन भएको बाँस्केटवल प्रतियोगितामा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीका ७ विद्यालयका ८ टिमको सहभागिता रहेको छ ।प्रतियोगितामा प्रथम हुने टिमलाई १५ हजार ५५५ नगद, ट्रफी, प्रमाणपत्र र मेडल तथा दोस्रो हुने समुहलाई ७ हजार ७७७ रुपैया नगद, ट्रफी, प्रमाणपत्र, मेडलका साथै सर्वोत्कृष्ट खेलाडि, सर्वाधिक स्कोरर लगायतका विधामा पुरस्कार प्रदान गरिने आयोजक हाइकर्स युनाईटेड बागलुङका सदस्य आयुष खत्रीले जानकारी दिनुभयो ।

खेल उद्घाटन कार्यक्रम हाइकर्स युनाईटेड बागलुङका अध्यक्ष प्रवेश शर्माको अध्यक्षता र सदस्य रोहन जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

खेलमा सहभागी भई उत्कृष्ट स्कोररहरुलाई कार्यक्रमका अतिथिहरु हिसान धौलागिरीका अध्यक्ष बालकृष्ण शर्मा, न्यूओयसिस एकेडेमीका प्रिन्सिपल नेत्रलाल न्यौपाने, मुख्य प्रायोजक महालक्ष्मी ट्रेडर्सका सञ्चालक रुद्रारन्स श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगिताको फाइनल खेल बुधवार दिउसो १ बजेदेखि सञ्चालन हुने आयोजक क्लबले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *