कालिका पत्रकारिता पुरस्कारद्वारा आदर्शकर्मी पन्त पुरस्कृत

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेटद्वारा प्रकाशित धोलागिरी जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिकाका सह–सम्पादक सृजना पन्त कालिका पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

कालिका भगवती मन्दिर व्यवस्थापन समिति गुठीले हरेक वर्ष चैते दशैको अवसरमार प्रदान गर्दै आएको कालिका पत्रकारिता पुरस्कार २०८० बाट आदर्श कर्मी पन्त नगद रु ५ हजार सहित पुरस्कृति हुनुभएको छ । नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र प्रसाद ढकालद्वारा पन्त र पुरस्कृति हुनुभएको छ । यस्तै धौलागिरी एफ एमका सम्पादक तारा शर्मा समेत सोही पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

कालिका भगवती मन्दिरको प्रचार प्रसारमा योगदान पु¥याउने हरेक वर्ष दुई जना पत्रकारलाई पुरस्कार गर्दै आएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

त्यसैगरी यस वर्ष गुठीले सामाजिक क्षेत्रमा योगदान पुर्याएका थप ३ जनालाई पुरस्कृत गरेको छ ।
बागलुङ कालिका मन्दिरका विभिन्न काठका संरचना निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै बागलुङ नगरपालिका ३ खहरेका काष्ठकलाकार भिमबहादुर विश्वकर्मा, मुर्तिकला मार्फत समाज रुपान्तरणमा भुमिका खेलेको तथा कालिकालाई स्वदेश तथा विदेशमा चिनाउन सहयोग गरेको भन्दै बागलुङ नगरपालिका २ का ठाकुरजंग राजभण्डारी र मुर्तिकार प्रकाश नेपालीलाई नगद सहित सम्मानित गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *