डहरेको लेक र भगवती

सरोजराज पन्त
समुन्द्ध सतहदेखि दुई हजार दुई सय ५० मिटर अग्लो पहाडको टाकुरोमा रहेको छ । डहरेको शक्ति र महत्व तथा यहाँको पर्यटकीय अवस्थाका बारेमा अरूलाई जानकारी गराउन नसक्दा महत्व भएर पनि ओझेलमा परेकोले यसको थप प्रचार प्रसार गरी महत्वपुर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्धेश्यले यो लेख तयार गरिएको छ । हामो्र देश, नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको कार्कीनेटा र भगरा (बगाले) गाउँमा र स्याङ्गजा जिल्लाको साविक आरुचौर र पञ्चमुल गा.वि.स समेतको संगमस्थल र वरिपरि जंगलै जंगल र पहाडै पहाडले घेरिएको करीब २०० मिटर उचाइमा रहेको डहरेको लेकको आफ्नै किसिमको महत्व रहेको छ । वनावट हेर्दा पहिले कुनै समयमा गढीं वा कोट थियो कि भन्ने अनुमान गर्न सकिन्छ । अनौठो बनावट भएको पहाड माथि चुचुरोको रुपमा अवस्थित यस लेकको एकातर्फ धार्मिक महत्व छ भने अर्को तर्फ पर्यटकीय महत्व रहेको छ ।

पर्वत जिल्लाको फलेबास नगरपालिका र स्याङ्गजा जिल्लाको आधिखोला गाउँपालिका तथा अर्जुनचौपारी गाउँपालिकाको संगममा रहेको २,२५९ मिटर अग्लो प्राकृतिक भिउ–टावर तथा धार्मिक तपोभूमी डहरे देउराली हो । डहरेको अग्लो स्थानमा कालिका भगवतीको मठ छ, जहाँ टाढा टाढाबाट भाकल गरी भक्तजनहरु पूजा गर्न आउने गर्दछन् । यहाँ भाकल गर्नाले धनप्राप्ती, विद्याप्राप्ती, सन्तानप्राप्ती र सत्रुमाथि विजय प्राप्ति हुन्छ भन्ने जन विश्वास रही आएको छ । अति रमणीय पर्यटकीय क्षेत्र यस कालिकास्थान वरपरबाट लहरै उभिएको धेरै हिमश्रृङ्खला र कालीगण्डकी उपत्यका, आँधीखोला उपत्यका र पोखराका केही स्थानको मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।

डहरे अन्य पहाडहरुभन्दा अग्लो स्थानमा अवस्थित शिवालय मन्दिर, देवीको मन्दिर, गुफाहरु यहाँका धार्मिक महत्वसँग जोडिएका छन । धार्मिकसँगै पर्यापर्यटकीय, शान्त, मनोरम दृश्य तथा हिमशृङ्खलाहरुको मनमोहक छटाले पर्यटकीय सम्भावना बोकेको छ ।’ अठार पुराणमध्येको स्कन्द पुराणमा नीलगिरि पर्वत, सिद्धेश्वर महादेव र कालीशक्ति डहरेको नाम उल्लेख भएको पाइन्छ । परापूर्वकालमा यहाँ डहरा नाम गरेका ऋषिले तपस्या गरेको डहरा ऋषिले तपस्या गरेको यस स्थान भएकाले नाम अपभ्रंश भई डहरे रहन गएको पाइन्छ । विसं १९९७ मा तत्कालीन पर्वतको षडानन्द अधिकारी (बालब्रह्मचारी) पहराभित्र बसेर तपस्या गरेका थिए । विसं २०२४ मा उनको देहवसान पछि सोही ठाउँमा गाडेर अन्त्येष्टि गरेको स्थानमा शिवालय निर्माण गरिएको थियो ।

यस स्थानलाई स्कन्द पुराणमा निलकण्ठ पर्वतको रुपमा व्याख्या गरिएको छ । यहि निलकण्ठ पर्वतमा देवी भगवतीले ध्यान गरेको उल्लेख गरिएको छ । यस उच्च टापुको ७०० मिटर पूर्व तर्फ २२५७ मिटर अग्लो अर्को उच्च टापू छ । त्यो पनि दृष्यावलोकनका लागि अति आकर्षक छ । डहरेमा बालाचतुर्दशीको दिनमा ठूलो मेला लाग्ने र उक्त मेलामा यी दुई टापूहरुलाई तोरणले तार्नेे गरिन्छ ।
डहरेको प्राकृतिक टावरको करिव १०० मिटर तल पूर्व–दक्षिण तर्फ केही समतल स्थानमा कुटी, मन्दिर र एक आश्रम रहेका छन् । यो स्थानमा प्राचिन कालमा डहरा नामका ऋषिले तपस्या गरी बसेकोले यस स्थानलाई डहरे भन्ने गरिएको पाइन्छ । उक्त ऋषिको समाधि पश्चात, बालकुमारी पाण्डे, खडानन्द अधिकारी, वालानन्द स्वामीले साधनास्थल बनाई तपस्या गर्ने गरेको पाइन्छ । हाल ४८ वर्ष अघिबाट बाल ब्रह्मचारी पशुपत्यानन्द गिरी तपस्यारत रहेको पाइन्छ । यहाँ तपस्या गर्दा डहरा ऋषिलाई कालिका भगवतीले दर्शन दिएकोले यस स्थानमा योगी र तपस्वीहरु तपस्याको लागि लालयित हुने गर्दछन् । यस स्थानमा प्राचिन तपस्वीहरुले पानी संकलन गर्ने घैटो, मसला पिस्ने लोह्रो र सिलौटो आदि वस्तुहरु अहिलेसम्म पनि देख्न पाइन्छ ।

यसको माथि चुचुरोसम्म जानको लागि फेदी देखिनै सिंढी बनाइएको छ र माथि पुगेपछि समथर भाग रहेको छ । त्यहाँ देवीको मन्दिर छ । मन्दिरको छानो छैन । विश्वास अनुसार देवीले छानो मन नपराएकाले खुला राखिएको भन्ने गरिन्छ । आज भन्दा झण्डै दुई दशक अगाडिसम्म मन्दिर नभएको र देवीको खुला मुर्तीमात्र रहेको थियो । यस ठाउ“बाट पाल्पा सदरमुकाम माथिको श्रीनगर डा“डाको रमणीय दृष्यावलोकन गर्न सकिन्छ भने अन्नपूर्ण हिमश्रृखलाको साथै स्याङ्गजा, कास्की, बागलुङ पर्वत र गुल्मी जिल्लाका धेरै भू–भागहरुको दृष्यवलोकन गर्न सकिन्छ । यहा“को आकर्षण प्राकृतिक बनावट मनोरम आदिको कारणले पनि पर्यटकहरुलाई यतातिर डो¥याउन सकिन्छ । धार्मिकरुपमा यहा“ भगवतीको मन्दिर रहेको र कार्तिक पूर्णिमामा मेला समेत लाग्ने गरेको कारण वर्षेनी यहा“ पर्यटकहरुका साथै श्रद्धालु भक्तजनहरु पनि आउने गर्दछन् । पहिले पहिले यस मन्दिरमा बली दिने प्रचलन भएकोमा हाल यो प्रचलन बन्द भएको छ । यहा“ पहिले भक्तिनीहरु बस्ने गरेका थिए तर अहिले पुजारी दुर्ई जना रहेका छन । उनीहरुको लागि खान बस्नको प्रबन्ध पनि गुठी मार्फत मिलाइएको छ ।

यहाँको दैनिक पूजाआजा तथा भौतिक पूर्वाधारहरु निर्माण गर्नका लागि वि.स. २०४३ मा धनधान्याञ्चल महायज्ञ गरी दान संकलन गरिएको थियो । धनधान्याञ्चलबाट सबै खर्च कटाएर रु ५० हजार बचत भएको र बचत भएको रकमबाट मन्दिरका नाममा रहने गरी १० हलको खेत किनेर दैनिक पुजालाई सोही जग्गाको मद्धत लिने गरिएको थियो । तर सुरुमा उक्त खेत कमाई गर्नेहरुको प्रतिस्पर्धा हुने गरे पनि २०६२ देखि जग्गा बाँझो रहेने गरेको छ । अहिले मन्दिरको खर्च व्यवस्थापन दैनिक हुने पूजाआजा तथा दक्षिणाहरुबाट संकलन भएको गरिँदै आइएको छ । यहाँ विशेषगरी नवदुर्गा, शिवरात्रि, बाला चतुर्दशीजस्ता चाडपर्वसहित हरेक मङ्गलबार र शनिबारका दिन दर्शनार्थी पुजा अर्चना गर्न आउने गरेका छन । परापुर्व कालदेखि यस स्थानको धार्मिक, ऐतिहासिक एवम् पर्यापर्यटकीय दृष्टिले निकै महत्व हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको आभास हुन्छ । अहिले यहाँसम्म आइपुग्न सहज पदमार्ग, भौतिक पूर्वाधारहरुको विकास गर्ने क्रममा रहेकाले बिस्तारै यहाँ आन्तरिक र बाह्य पर्यटकको रोजाइको स्थलका रुपमा विकसित गर्ने गरी योजना अगाडि बढ्दै गरेको पाइन्छ ।

स्याङ्जा र पर्वतको सङ्गमस्थल डहरे धार्मिक, ऐतिहासिक क्षेत्र मात्रै नभई प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको स्थल हो । अग्लो पहाडको चुचुरामा रहेकाले त्यहाँबाट स्याङ्जाका अधिकांश भागहरुसहित पर्यटकीय नगरी पोखरा, कुस्मा, बाग्लुङलगायत जिल्लाका बजार, हिमशृखलाहरु, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देख्न सकिन्छ । प्राकृतिक सौन्दर्यका हिसाबले यस क्षेत्रलाई बढी रमणीय क्षेत्रका रुपमा लिन सकिन्छ । वरिपरि हरियाली वनजंगलले घेरेको मनमोहक वातावरण यहाँ रहेको छ । यस मन्दिर क्षेत्रबाट समग्र जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । यसैगरी अन्नपूर्ण हिमश्रृखलादेखि घौलागिरी हिमश्रृखलासम्मका सम्पूर्ण हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । बाघ, भालु, मृग, खरायो लगायतका बन्य जन्तु समेत पाइने यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिएको खण्डमा यस जिल्लाकै सम्रग विकास हुन सक्ने कुरामा यस क्षेत्रका बुद्धिजीवीहरु बताउनु हुन्छ ।

पहिले–पहिले स्याङ्गजा वा पर्वत दुवैतिरबाट पैदल यात्राद्धारा मात्र जान सकिने यो ठाउ“ अब नौडाडा“–कार्कीेनेटा सडक, जिल्ला सडक कार्यक्रम, ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम र स्वावलम्बन कार्यक्रम, स्याङ्गजा निर्वाचन क्षेत्र विकास कार्यक्रम समेतको संयुक्त सहयोगमा वर्षौदेखि नौडा“डादेखि जुगेलसम्म आएर ठप्प भएको मोटर बाटो जुगेल–कार्कीेनेटा खण्ड १८ कि.मी. सम्पन्न भई यातायात संचालन भएको छ । यसैगरी कार्कीनेता लुंखुदेउराली–बालाकोट–वहाकी सडक ३९ कि.मी मध्ये कार्कीनेता–पाखापानी–मल्कावाङ्ग खण्ड १४ कि.मी सडक निर्माण सम्पन्न भई सकेकोले पर्यटक र धार्मिक श्रद्धालु सबैलाई यस स्थानसम्म जान आउन सुगम भएको छ । पर्वत जिल्लालाई चिनारी गराउने यस स्थानको महत्व केवल धार्मिक र पर्यटकीय दृष्टिकोणले मात्र सीमित नरही भोलि गएर आर्थिक विकासमा समेत यस क्षेत्रले अतुलनीय योगदान रहने छ भन्ने कुरालाई नकार्न सकिदैन । यसैले यस क्षेत्रको संरक्षणकालागि सबैले हातेमालो गर्दै जानु अत्यन्त आवश्यक देखिन्छ ।

डहरेकी देवीसँग पन्त समाजको एउटा जनश्रुति जोडिएको छ । पर्वत जिल्लाका लिमिठाना, देविस्थान र लुंखु देउरालीमा बसोबास गर्दै आएका पन्त पूर्वजहरुले डहरेकी देवीको भक्तिभाव र आराधना गर्ने गर्दथे । परापूर्वकालमा पन्तहरुले मासु खादैनथें । उनीहरु पूर्णरुपमा शाकाहारी थिए भन्ने प्रमाणहरु पाइएका छन् जसमध्ये बागलुङमा बसोबास गर्ने नाथुपन्तलाई लिन सकिन्छ । यसै सम्बन्धमा एउटा किंवदन्ती पाइन्छ जुन यसप्रकार छ–“शर्मपन्तका पूर्वजहरुले डहरेकी देवीको खूब भक्तिभाव र नियमित पूजा अर्चना गर्ने गर्दथे । उनीहरुले बिहान उठेर कालीगण्डकीमा स्नान गरी गंगाको जल लगेर डहरेकी देवीलाई चढाउने, पूजाअर्चना गर्ने र जंगलमा पालेका गाई, भैसीहरु दुहेर दूध लिएर घर फर्किन्थे । यसरी उनीहरुले नियमितरुपमा ठूलो दुःख, कष्ट गरी देवीको पूजा आराधना, भक्तिभाव गरेकोले देवीलाई पन्त पूर्वजको परीक्षा स्वरुप साक्षात प्रकट भई काँचो मासु हातमा राखिदिइछन् । नियमित देवीको सेवामा तल्लीन पन्त पूर्वजले देवीले दिएको प्रसाद घर ल्याई पकाएर खाएछन् ।

भोलिपल्ट नियमितरुपमा देवीको पूजा अर्चना गर्ने क्रममा देवी साक्षात प्रकट भएरर्–हे भक्त मैले तिमो्र परीक्षा लिएकी थिए तिमी परीक्षामा असफल भयौ । तिमीले त्यो मासु खानु हुदैनथ्यो खाइहाल्यौं तिमी र तिमा्र सन्तान दर सन्तानले मेरो मन्दिरमा कहिल्यै भोग पनि नदिनु र मासु पनि नखानु मैले परीक्षा स्वरुप दिएको मासु खाएको प्रभावले तिमो्र सातौ पुस्तामा लुला, काना, अपाङ्ग र लङ्गडा सन्तान जन्मिनेछन् भने दशौ पुस्तापछि यो क्षेत्रमा पन्तहरुको बसोबास हुनेछैन भनी देवीले भनेकी थिइन् भन्ने भनाई वृद्धवृद्धाहरुबाट सुन्न पाइन्छ । यो भनाई कहाँसम्म सत्य छ ? भोलि के होला वा हुनेछ भन्ने बारेमा थप अध्ययन एवं अनुसन्धान गर्नुपर्ने देखिन्छ । सायद यही प्रभावले डहरेकी देवीलाई पहिले पहिले भोग दिने गरिएकोमा आजकल भोग दिने गरिदैन भनी बूढापाकाहरु बताउनुहुन्छ ।” यस क्षेत्रबाट नौ पुस्तासम्ममा नै पन्तहरु देशका विभिन्न क्षेत्रमा बसाइँसराइ गरी गएका र जाने क्रममा रहेको तथा यहाँ पन्तहरुको संख्या पातलिदै गएकोले यो भनाइमा सत्यता रहेको मान्न सकिन्छ ।

डहरे जस्ता महत्वपूर्ण क्षेत्रहरु वर्तमानमा अपेक्षित प्रचार प्रसारको अभावमा ओझेलमा धार्मिक पर्यटकको आकर्षण केन्द्र बन्न सकेका छैनन । यति धेरै सम्भावना बोकेको डहरे क्षेत्रको समयमामै प्रचारप्रसार गर्न सकेमा विकासमा साझेदारी बढाउन मानिसहरुको ध्यान केन्द्रित भई विभिन्न अध्ययन अनुसन्धान गर्न र विविध सम्भावनाको खोजी गर्न सहज हुनेछ । यस पवित्र र पौराणिक स्थलको महिमालाई प्रचार प्रसार गरी विश्वसामु परिचित गराउने कार्यमा वर्तमान पुस्ता चुक्ने हो भने भावी पुस्ताले हाम्रा मुल्य मान्यतालाई पछाउन नसकेर हामीलाई धिक्कार्ने छन । एकातिर प्रकृतिले दिएका यस किसिमका सम्पदाहरुको प्रचार प्रसार र संरक्षणको अभावमा ओझेल पर्दै जाने छन् । कृत्रिम पहाड बनाएर पर्यटन क्षेत्रको विकास गरी रहेका कतिपय राष्ट्रहरु आर्थिक रुपले सम्पन्न बन्दै गएका छन । यदि हामीहरुले आर्थिक पक्षमा व्यापक सुधार गर्न र स्वरोजगार हुन, रोजगार सृजना गर्न सहज हुने देखिन्छ । कस्तूरीले आफ्नै नाभिमा रहेको विनाको वास्नाको खोजी गर्न भौंतारिए जस्तै हामी सुनको पहाडमाथि बसेर भिख मागिरहेका छौं । यस किसिमका महत्वपूर्ण सम्पदास्थलहरुलाई चिन्न नसक्दा विकासका दृष्टिले पछि परेका छौं । अनुपम विशेषताले भरिपूर्ण यस क्षेत्रलाई सम्पत्ति मानेर सांस्कृतिक, पर्यटकीय तथा आर्थिक विकास गर्न सकिने बलियो सम्भावनालाई पछाउन ढिला भई सकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *