अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि न्यू ओएसिस एकेडेमीलाई

आदर्श अनलाइन, बागलुङ

नयाँ वर्ष २०८१ तथा चैते दशै २०८० को अवसर पारेर हाइकर्स युनाईटेड बागलुङले आयोजना गरेको अन्तर कलेज स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि न्यू ओएसिस एकेडेमीले हासिल गरेको छ ।

फाइनल खेलमा फ्युचर ब्राईटर माध्यमिक विद्यालयलाई १६ का विरुद्ध २४ अंकले न्यू ओएसिसले जित हात पारेको हो ।

प्रतियोगितामा प्रथम भएको न्यू ओएसिस एकेडेमीले १५ हजार ५५५ नगद, ट्रफी, प्रमाणपत्र र मेडल तथा दोस्रो भएको फ्युचर ब्राईटर मा.विले ७ हजार ७७७ रुपैया नगद, ट्रफी, प्रमाणपत्र, मेडल प्राप्त गरेको हाइकर्स युनाईटेड बागलुङका सदस्य धिरन पुनले बताउनुभयो ।

साथै सर्वोत्कृष्ट खेलाडिबाट न्यू ओएसिस एकेडेमीका यश रायमाझी, सर्वाधिक स्कोररबाट सोही टिमकै एलोन रोका र फाइनल खेलका पेलयर अफ द म्याचबाट फ्युचर ब्राईटरका रोहित थापा पुरस्कृत भएको आयोजक हाइकर्स युनाईटेड बागलुङका सदस्य सन्तोष क्षेत्रीले जानकारी दिनुभयो ।

बानपा–४ उपल्लाचौरमा सञ्चालन भएको बास्केटबल प्रतियोगितामा विभिन्न ७ विद्यालयका ८ टिमको सहभागिता रहेको थियो ।

खेल समापन कार्यक्रम हाइकर्स युनाईटेड बागलुङका अध्यक्ष प्रवेश शर्माको अध्यक्षता र सदस्य रोहन जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

विजेता र उपविजेतालाई कार्यक्रमका मुख्य प्रायोजक महालक्ष्मी ट्रेडर्सका सञ्चालक रुद्रारन्स श्रेष्ठ, नेपाल जेसीजका उपाध्यक्ष सौरभ श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *